play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

नेता नेपालमार्फत प्रधानमन्त्री ओलीको सन्देश,स्वास्थ्य अवस्था सामान्य बन्दै

0

कात्तिक १२ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वस्थ रहेको बताएका छन्। त्रिवि शिक्षण अस्पतालको सीसीयूमा उपचाररत प्रधानमन्त्री ओलीले आफू स्वस्थ रहेको सन्देश पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालमार्फत पठाएका हुन्।नेपाल त्रिवि अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सोमबार बिहान अस्पताल पुगेका थिए। प्रधानमन्त्री ओलीलाई भेटर फर्किने क्रममा नेता नेपालले ओलीले आफ्नो स्वास्थ्य अहिले ठीक रहेको भन्दै स्वास्थ्य लाभको कामना गर्ने सबै प्रति आभार प्रकट गरेको बताए।

प्रधानमन्त्री ओलीको सन्देश सुनाउँदै नेता नेपालले भने,‘म स्वस्थ छु र मेरो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद छ।’ नेपालले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको बताए। उनले भने,‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य छ। क्रमिकरुपमा सुधार हुँदै आएको छ।’

Share.

Leave A Reply