play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

पोखरा प्रिमियर लिगमा अहिले विराटनगर र काठमाडौं बिचको खेल जारि,आजै चितवनले पोखराको सामना गर्ने

0

कात्तिक १२,पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा अहिले पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौं रोयल्सको सामना गरिरहेको छ ।बिराटनगरले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरे संगै काठमाडौंले अहिले फिल्डिंग गरिरहेको छ युवा बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाईटन्स लगातार दुई खेलम पराजित भएकाले पहिलो जितको खोजिमा छ ।यसैगरी नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमा काठमाडौं रोयल्स धनगढीलाई १७ रनले पराजित गरेको थियो ।
यसैगरी आजै दिउँसो सवा १ बजे चितवन राइनोज र पोखरा पल्टन आमने सामने हुनेछन् । चितवनको नेतृत्व पारस खड्काले गरेका छन् भने पोखरा शरद भेषावकरको कप्तानीमा रहेको छ ।पोखरा पहिलो खेलमा जित हात पारेको थियो भने दोस्रो खेलमा पराजित भएको थियो । यसैगरी पहिलो खेल गुमाएको चितवन आजको खेलमा पहिलो जितको खोजिमा हुने छ ।याे प्रतियोगितामा सोमपाल कामी नेतृत्वको बुटवल बल्लास्टर्सले मात्रै दुबै खेल जितेको छ ।

Share.

Leave A Reply