play_circle_outline On Air

दिव्य संदेश

play_circle_outline On Air

दिव्य संदेश

ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित

0

१२ कार्तिक, ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित भएका छन् ।हिजो भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी नेता फर्नान्डो हड्डाडलाई पराजित गर्दै दक्षिणपन्थी नेता बोलसोनारो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।उनले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी वामपन्थी नेता हड्डाडले ४४ प्रतिशत मत मात्र प्राप्त गरे ।सेनाका भूपूर्व कप्तान ६३ वर्षीय बोलसोनारो एउटा सानो तथा अनुदारवादी सोसल लिबरल पार्टीको प्रतिनिधित्व गर्छन् ।उनले चुनावका क्रममा आपराधिक गतिविधि तथा हत्याको दर कम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता पनि उनले गर्दै आएका छन् ।तर गर्भपतन, जातिवाद, आप्रवासन, समलिंगी तथा बन्दुक स्वामित्वसम्बन्धी कानुनबारे उनले जनाएका उक्साउने खालका टिप्पणीहरुका कारण उनको आलोचना हुने गरेको छ ।निर्वाचन प्रचारका क्रममा बोलसोनारोमाथि चक्कु प्रहारसमेत भएको थियो ।जसका कारण उनको शरीरबाट ४० प्रतिशत रगत बगेको थियो र उनलाई तत्काल शल्यक्रिया गरिएको थियो ।(एजेन्सी)

Share.

Leave A Reply