play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बारामा घाँटी रेटी वृद्धको हत्या

0

बारा,कात्तिक,११ ।
कलैया उपमहानगरपालिका–२३ कोइरी टोलमा गए राति एक वृद्धको घाँटी रेटी हत्या भएको छ । ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्या भएको बारा प्रहरीले जनाएको छ । श्रीमतीसहित गोठमा बस्दै आएका नन्दलाल घर नजिकैको आँपको बोटमुनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताउनुभयो । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रवक्ता राठौरले जानकारी दिनुभयो ।

Share.

Leave A Reply