play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

क्रृत्रिम गर्भाधानतर्फ आकर्षण

0

कात्तिक,११ ।
बाँझोपन र निःसन्तान समस्याका कारण क्रृत्रिम गर्भाधानतर्फ आकर्षण बढेको छ । विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि त्रृmत्रिम गर्भाधान (आइभीएफ) हो जसलाई क्रृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ । ढिलो विवाह, ढिलो गर्भकारण र बदलिँदो जीवनशैलीका कारण महिलामा बाँझोपन समस्या बढ्दो छ । बाँझोपन बढेसँगै निःसन्तान केन्द्रमा सेवाग्राहीको घुइँचो बढेको छ । सीमित ठाउँको सेवा खर्चिलो र लामो हुने हुँदा सेवाग्राही चिन्तामा हुन्छन । निःसन्तानका धेरै कारण हुने भए पनि १० देखि १५ प्रतिशत कारण पत्ता नै नलाग्ने थापाथलीस्थित निःसन्तान केन्द्रकी प्रमुख डा. उषा श्रेष्ठ बताउँछिन् । थापाथलीस्थित प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार सीमित जनशक्ति, न्यून उपकरण र साँघुरो ठाउँका कारण क्रृत्रिम गर्भाधान गराउन समस्या हुने गरेको छ । ललितपुरको कुपण्डोलमा प्रसूति गृहको छुट्टै आईभीएफ भवन बनिरहेको उनले जानकारी दिए । कान्तिपुर दैनिकबाट

Share.

Leave A Reply