play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

श्रीलंकामा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि संवैधानिक संकट

0

१० कार्तिक, श्रीलंकामा संवैधानिक संकटको स्थिति देखिएको छ ।राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति महिन्द्रा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि संवैधानिक संकटको स्थिति देखिएको हो ।राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गरी नयाँ प्रधानमन्त्रीको रुपमा पूर्वराष्ट्रपति राजपाक्षेलाई नियुक्त गरेका हुन् ।यसलाई श्रीलंकाको राजनीतिमा नाटकीय घटनाको रुपमा लिइएको छ ।विक्रमासिंघेले भने संसद्मा आफ्नो बहुमत रहेको र बहुमत रहेसम्म आफूनै प्रधानमन्त्री रहीरहने बताएका छन् । सरकारका प्रवक्ता रजिताले सेनारत्नेले पनि विक्रमासिंघे नै प्रधानमन्त्री भएको बताएका छन् ।महिन्द्रा राजपाक्षेले ट्वीटर एकाउन्टमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाका प्रधानमन्त्री उल्लेख गरेका छन् ।
जबकी रनिल विक्रमासिंघेको ट्वीटर प्रोफाइलमा पनि आफू नै प्रधानमन्त्री भएको उल्लेख छ ।सन् २०१४ मा भएको राष्ट्रपतीय निर्वाचनमा सिरिसेनाले राजपाक्षेलाई पराजित गरेका थिए ।राष्ट्रपति सिरिसेनाले उहाँको पार्टी युनाइटेड नेसनल फ्रिडम एलाइन्स र रनिल बिक्रमासिंघेको युनाइटेड नेसनल पार्टीबीचको गठबन्धन समाप्त भएको घोषणा गरेलगतै प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् ।पछिल्लो केही हप्ता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा संघर्ष चल्दै आएको थियो ।(एजेन्सी)

Share.

Leave A Reply