कांग्रेसद्धारा गृहमन्त्रीको राजीनामा माग

0

कात्तिक, ९ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । जबरजस्ती करणी पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न अझै नसकेको भन्दै कांग्रेस नेता रमेश लेखकले गृहमन्त्री थापाको राजीनामा मागेका हुन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ३ महिना बितिसक्दा पनि निर्मला पन्तको हत्याजस्तो जघन्य अपराधमा संलग्नहरुलाई कार्वाही गर्न नसक्ने गृहमन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्ने उनको तर्क थियो । नेता लेखकले निर्मलाका हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न पनि सरकारको पुनः ध्यानाकर्षण गराए । उनले सरकारले प्रहरी अधिकृतहरुलाई बर्खास्त गरेर निर्मला पन्तका हत्यारालाई संरक्षण दिन खोजिरहेको आरोप लगाए । नेता लेखकले सरकार मुलुकमा शान्ति सुरक्षा दिन पूर्णतः असफल भएको दावीसमेत गरे ।

Share.

Leave A Reply