विराटनगरमा हिरासतबाटै दुई अभियुक्त फरार

0

कार्तिक, ९ ।
विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासतकक्षबाट बिहीबार राति हत्याका दुई अभियुक्त फरार भएका छन् । कर्तव्य ज्यान तथा अपहरण मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरु भेन्टिलेसनको रड काटेर फरार भएका हुन् । फरार हुने थुनुवामा विराटनगर महानगरपालिका–१७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन छन् । दुवैजनालाई आफ्नै साथी मोहम्मद अस्ताकको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । अस्ताकको शव हत्या गरेर फालेको अवस्थामा गत असोज ७ गते ह्युम पाइपमुनि फेलापरेको थियो । रड काटेर थुनुवा भागेको गम्भीर घटनामा प्रहरीकै संलग्नता हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिएको छ । फरार अभियुक्तहरुको खोजी भइरहेको जनाइएको छ ।

Share.

Leave A Reply