play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

जापानमा ५.६ रिक्टर स्केलको भूकम्प

0

कात्तिक, ९ ।
उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रविन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्वी भूभागमा रहेको बताइएको छ । उक्त भूकम्पको केन्द्रविन्दु ३० किलोमिटर गहिराइमा रहेको थियो । यस भूकम्पपछि सुुनामीको सूचना भने दिइएको छैन । जापानमा गत सेप्टेम्बर ६ मा होक्काइदो द्वीपमा गएको ६.७ रिक्टर स्केलको भूकम्पबाट ४१ जनाको मृत्यु हुनुका साथै ६५० भन्दा बढी व्यक्ति घाइते भएका थिए ।

Share.

Leave A Reply