play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

निर्मला पन्त हत्या प्रकरण : एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट बर्खास्त

0

नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट बर्खास्त भएका छन् ।

गृह मन्त्रालयले एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गरेको हो । उनीहरुलाई निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको कार्य प्रभावकारी नगरेको आरोप लागेको थियो ।

सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिए दुबैले स्पष्टिकरणमा लापरवाही नभएको दाबी गरेका थिए तर दोस्रो पटक सोधिएको स्पष्टीकरण भने चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमापलीअनुसार विष्ट र भट्ट दुबैलाई बर्खास्त गर्ने निर्णय गरेको भन्दै विज्ञप्ति जारी गरिएको हो ।

विष्ट र भट्टलाई अब सेवामा राख्न उचित नरहेको पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share.

Leave A Reply