play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

करेन्ट लागेर एक महिलाको मृत्यु

0

कार्तिक ८ गते ।

महोत्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

औरही नगरपालिका(९ इनर्वास्थित मिथिलेस पोल्टी फर्ममा करेन्ट लागेर ४५ वर्षीय मीनादेवी सहनीको मृत्यु भएको हो ।करेन्ट लागेर मीनादेवी सहनीका श्रीमान सुरेश सहनी र ४ वर्षीय भतिजा राजा सहनी घाइते भएका छन् ।घाइते सुरेशको जनकपुरमा र बालक राजाको रामगोपालपुरस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।पानी तान्ने मोटरमा विद्युत प्रवाह हुँदा करेन्ट लागेको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पठाइएको डीएसपी खड्काले जानकारी दिए ।

Share.

Leave A Reply