play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

0

कात्तिक ७।

अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने लगभग ४० जनाको हाराहारीमा घाइते भएका छन् ।

मृत्यु हुनेमा एक महिला रहेकी छन् । उनको परिचय खुल्न सकेको छैन् । घाइतेहरुको बयालपाट अस्पतालमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी प्रमुख जनक शाहीले बताएका छन् ।

कुन कारणले दुर्घटना भएको यकिन भएको छैन । तर आज पुर्णीमाका दिन जयगढबान्नीगढी गाउँपालिकाको तिमिल्सेना लाग्ने दशैको मेला लाग्दछ । मेलामा जाने यात्रु मंगलसेनबाट बयालपाट तर्फ जाँदै गरेको लु ३ त ५१०१ ट्याक्टरमा चडेको यात्रा गर्दा ट्याक्टरको पछाडिको भाग लोड भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । थप्प विवरण आउन बाँकी छ ।

Share.

Leave A Reply