कात्तिक ७, बडादसैंको अन्तिम दिन । आज कोजाग्रत पूर्णिमा । आजदेखि दसैं सकिँदै छ । दसैं सकिए पनि दसैं चर्चा सकिएको छैन ।केही दिनअघिसम्म प्रधानमन्त्री केपी ओली शर्माभन्दा पूर्वराजा ज्ञानेन्द्र शाहकहाँ टीका थाप्नेको भीडले चर्चा पाएको थियो ।त्यो प्रसंग सेलाउन नपाउँदै घुँडा टेकेर टीका थाप्नेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरिएको छ । घुँडा टेकेर टीका लगाइरहेका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको फोटो ‘पोस्ट’ गर्दै सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीको चर्को आलोचना गर्नेको कमी छैन ।
यसैबिषयमा आज हामीले केहि पोस्टहरु राख्दै छौ