play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

च्याम्पियन्स लिगमा आज राति ८ खेलहरु हुँदै,गएराती चर्चित टोलीहरु विजयी

0

७ कार्तिक,युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराती भएका खेलमा रियाल मड्रिड, म्यान्चेस्टर सिटी, बायर्न म्युनिखलगायतका चर्चित टोलीहरु विजयी भएका छन् ।समुह ई का खेलहरुमा जर्मन क्लव बायर्न म्युनिखले ग्रिसको एईके एथेन्सलाई २–० ले हराँउदा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले पोर्चुगलको बेनिफिकालाई १–० ले पराजित गर्‍यो ।यस्तै समुह एफ का खेलहरुमा इंग्लण्डको म्यान्चेस्टर सिटीले युक्रेनको शख्तर डोनेट्स्कले ३–० ले हराँउदा जर्मनीको होफेनहाईम र फ्रान्सको ओलम्पिक लियोंले ३–३ गोलको बराबरी खेले ।
युएफा च्याम्पियन्स लिग समुह जि को खेलमा स्पेनको रियाल मड्रिडले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई २–१ ले हराँउदा इटालीको ए.एस रोमाले रुसको सि.एस.के.ए मस्कोलाई ३–० ले पाखा लगायो ।यसैगरी समुह एच को खेलमा इटालीको युभेन्टसले इंग्लान्डको म्यान्चेस्टर युनाइटेडलाई उसैको मैदानमा १–० ले हराँउदा स्विट्जरल्याण्डको योङ ब्वाइज र स्पेनको भ्यालेन्सीयाले १–१ गोलको बराबरी खेलेका छन् । च्याम्पियन्स लिग समुह चरणका बाँकी ८ खेलहरु आज राती हुनेछन् ।

Share.

Leave A Reply