play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

आज दशैंको अन्तिम दिन, कोजाग्रत पूर्णिमा,महालक्ष्मीको पूजा आराधना गरि दशैँलाइ बिदा गरिदै

0

कार्तिक ०७, आज आश्विन शुक्ल पूर्णिमा, अर्थात कोजाग्रत पूर्णिमा । आजबाट यस वर्षको बडादशैं समापन भएको छ ।घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैँ समापन गरिने प्रचलन छ ।रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ ।यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो ।यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।
माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ ।नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।यसै दिनदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु गरिन्छ ।आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याईन्छ र आकाशदीप भगवान विष्णुलाई समर्पण गरी बालिन्छ ।आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि पूर्णिमाको दिनदेखि सुरु हुन्छ ।

Share.

Leave A Reply