जिबन रानाभाट
कार्तिक ०७, चितवनमा पेट्रोलको अभाव देखिएको छ ।यसअघि नेपाल पेट्रोलियम एशोसियसन चितवनले चितवन र नवलपरासी जिल्लामा देखिएको पेट्रोलको अभाव भोलिदेखि सामान्य हुने बताइसकेको छ ।विजया दशमीको विदाको समयमा ४ दिन मौज्दात रहेको पेट्रोल रितिए पछि सोमबार देखि अभाव देखिएको पेट्रोल भोलिसम्ममा सामान्य हुने नेपाल पेट्रोलियम एशोसियसन चितवनका अध्यक्ष ईश्वरी प्रसाद भटट्राईले बताउनुभयो ।हिजो राती चितवन र नवलपरासीमा १ लाख लिटर पेट्रोल विभिन्न ३० बटा पम्पहरुमा झारिसकिएको छ अहिले ति पम्पहरुमा पेट्रोल हाल्ने सर्बसाधरणको लामो लाइन लागेको छ ।त्यस्तै आजपनि अरु पेट्रोल आयात भए पछि भोलि सम्ममा सहज हुने भएको हो ।विदाको समयमा नेपाल आयल निगमको अमलेखगंज डिपोमा समेत ईन्धन आयात नभएको र आज सो डिपोमा ५ सय के एल पेट्रोल आईपुगे पछि ईन्धन अभाव हट्ने बताइएको छ ।
चितवनमा पेट्रोलको अभाव,बिहानै देखि पेट्रोलपम्पहरुमा सर्बसाधरणको घुइचो
चितवनमा पेट्रोलको अभाव,बिहानै देखि पेट्रोलपम्पहरुमा सर्बसाधरणको घुइचो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु