कार्तिक ०६, श्रीलंकाले इङ्गल्याण्ड विरुद्धको एकदिवसीय शृङ्खलाको पाँचौं खेल डकवर्थ नियमको आधारमा २१९ रनले जितेको छ । शृङ्खला भने भ्रमणकारी टोलीले ३-१ ले जितेको छ । कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० अोभर खेल्दै ६ विकेटको क्षतिमा ३६६ रन जोडेको थियो । आेपनर निरोसन डिकवेला दुर्भाग्यशाली रहँदै ९५ रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले ९७ बल खेल्दै १२ वटा चौका प्रहार गरेका थिए । अर्का ओपनर सदिरा समरविकना ५४ रनमा आउट भए । कप्तान दिनेश चण्डिमालले ७३ बलमा ८० रनको पारी खेल्दा कुशल मेन्डिसले ३३ बलमा ५६ रन जोडे । विस्फोटक ब्याटिङ गरेका मेन्डिसको इनिङमा एउटा चौका र छ छक्का समावेश थिए । इङ्गल्याण्डका टम कुरान र मोइन अलीले समान २ अनि लियाम प्लङ्केट र अदिल रसिदले १-१ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको इङ्लिस टोली सुरुवातदेखि नै दवाबमा देखिएको थियो । ४ रनमा ३ विकेट गुमाएको उसको २८ रनमा चौंथो विकेट गिरेको थियो । २६.१ ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको स्थितिमा पानी परेपछि डकवर्थ नियमबाट विजेताको निर्णय गरिएको थियो । पाँचौं स्थानमा ब्याटिङ गर्न आएका बेन स्टोक्सले धैर्यतापूर्वक खेले पनि हार टार्न भने सकेनन् । उनले ६० बलमा १२ चौका सहित ६७ रन बनाउँदा मोइन अलीले ३० रनको पारी खेले । श्रीलंकाका अखिला धनञ्जयले ४, पी चमेराले ३ तथा डि सिल्वा र रजिताले समान एक एक विकेट लिए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.