play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

प्रचण्डलाई प्रदेश २ का मुख्यमन्त्रीको ठाडो चेतावनी:सिंहदरबारको सिंह गाउँमा ल्याइन्छ

0

६ कात्तिक, संघीय ऐन नबन्दै प्रदेशले ‘ओभरटेक गरेर’ प्रहरी ऐन ल्याएको भन्दै असन्तुष्ट बनेका नेकपा अध्यक्ष प्रचण्डलाई प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबार ओगटेर बसेको सिंहलाई गाउँमा ल्याइछाड्ने चुनौती दिएका छन् ।प्रदेश सरकारले अब प्रहरी मात्रै होइन, करार ऐन अनुसार ५ हजार कर्मचारीसमेत भर्ना गर्ने मुख्यमन्त्री राउतले संघीय सरकारलाई चुनौती दिएका छन् ।संविधानअनुसार एक वर्षभित्रै ऐनहरु बनाइसक्नुपर्नेमा संघीय सरकारले बनाउन नसकेको भन्दै मुख्यमन्त्री राउतले संविधानअनुसार नै प्रहरी ऐन ल्याइएको जवाफ दिए । अब संघीय सरकारले ढीलो गर्‍यो भने प्रदेश २ ले लोकसेवा ऐन पनि ल्याउने राउतले बताए ।नेकपाको प्रदेश कार्यालय उदघाटन कार्यक्रममा निम्त्याइएका मुख्यमन्त्री राउतले यदि संघीय सरकारबाट कर्मचारी आपूर्ति हुन नसके प्रदेश सरकारले करार ऐन पास गरेर आवश्यक कर्मचारीको पदपूर्ति गर्ने र यहाँकै सक्षम व्यक्तिहरुलाई कर्मचारी नियुक्त गरेर अगाडि बढ्ने बताए ।


सिंहदरबारको अधिकार अहिले पनि त्यहाँको पर्खालभन्दा बाहिर आउन नसकेको मुख्यमन्त्रीले आरोप लगाए ।प्रदेश २ को सरकार संविधानलाई अक्षरशः पालना गर्दै अघि बढेको मुख्यमन्त्री राउतले बताए ।संघीय सरकारले समयमै प्रहरी ऐन ल्याउन नसकेको मुख्यमन्त्री राउतले आरोप लगाए । अब लोकसेवा ऐन र अन्य कानूनहरु चाँडो ल्याइदिन उनले प्रचण्डसमक्ष आग्रह गरे ।

Share.

Leave A Reply