play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

घुम्न लायक विश्वका १० उत्कृष्ट शहरको सूचीमा नेपालको राजधानी काठमाडौँ पनि 

0

कार्तिक ६ ।

अमेरिकी ट्राभल गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्न लायक विश्वका १० उत्कृष्ट शहरको सूचीमा नेपाल पनि समावेश भएको छ ।

सन् २०१९ का लागि जारी गरिएका विश्वका १० उत्कृष्ट शहरको सूचिमा नेपालको राजधानी अर्थात काठमाडौँ शहर परेको हो । पाँचौ स्थानमा समावेश गरिएको काठमाडौंलाई उक्त ट्राभल गाइड बुकले भूकम्पको पीडा भुलेर विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार र आतुर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । यस्तै, लोन्ली प्लानेटले अव्यस्थित सवारी व्यवस्थापनका लागि बदनाम भएको काठमाडौँ शहर अहिले हर्न निशेष गरिएको, लोडसेडिङ नहुने तथा वाइफाइ कनेक्सन बिस्तार भएको जनाउँदै घुम्नका लागि सबैभन्दा राम्रो शहर भएको उल्लेख गरेको छ ।

प्लानेटले सार्वजनिक गरेको सूची अनुसार डेनमार्कको कोपनहेगन पहिलो, चीनको सेनचेन दोस्रो, सर्बियाको नोवी साद तेस्रो तथा अमेरिकाको मायामी चौथो नम्बरमा छन् ।

Share.

Leave A Reply