play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नक्कली भूकम्पपीडितले लिए ३० अर्ब

0

कात्तिक,६ ।
भूकम्पका कारण पूर्ण क्षति भएका आठ लाख १० हजार ६९० घरधुरी निजी आवास पुनर्निर्माणका लागि अनुदान पाउने लाभग्राही सूचीमा दर्ता भएका छन । त्यसमध्ये कात्तिक ५ गतेसम्ममा तीन लाख सात हजार १०४ घर बनिसकेका छन । सोहीमध्येको सात लाख २७ हजार ५९८ घरधुरीले अनुदान सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । आर्थिक अभियान दैनिकका अनुसार भूकम्पपिडीतको सूचीमा रहेका झण्डै १० प्रतिशत लाभग्राही नक्कली रहेको र उनीहरूका लागि राज्यको झण्डै ३० अर्ब रुपैयाँभन्दा बढी रकम खेर जाने देखिएको छ। त्यसलाई रोक्न सरकारले स्थानीय तहदेखि नै पुनः अध्ययन गर्ने भएको छ । नक्कली भूकम्पपीडिले राज्यबाट लिएको अनुदान फिर्ता गराउन प्राधिकरण लागिपरेको प्राधिकरण कार्यसमितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले बताए ।

Share.

Leave A Reply