play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

विकासका लागि सबैसँग साँझेदारी गर्न चाहन्छौंः परराष्ट्रमन्त्री ज्ञवाली

0

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अबको विकास र जनताको समृद्धिको यात्रामा कोही सत्ता पक्ष र कोही प्रतिपक्ष हुनु नहुने बताएका छन् । हिजो गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भने– ‘अहिलेको सरकार विकास र समृद्धिको यात्रमा फड्को मार्दै छ, हामी सत्तपक्ष र अरु कोही प्रतिपक्ष बनेर अगाडि बढ्न चाहन्छौं । सबैसँग सहकार्य र साँझेदारी गरेर जनताको अपेक्षा पुरा गर्न चाहन्छौ ।’ उनले सरकार गठन भएको ८ महिनामा संविधान कार्यन्वयन, दुई छिमेकी मुलुकसँग नयाँ तरिकाबाट सम्बन्ध सुधार, अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा गरेको दाबी गरे ।

‘भारत र चीनसँग अहिलेको सरकारले जुन सम्वन्ध सुधार गरेको छ, त्यो पहिलो महत्वपुर्ण कार्य हो ।’ उनले थपे–‘अब कहिल्यै नेपालीहरुले नाका बन्दी भोग्नु नपर्ने गरि तेश्रो मुलुकबाट पनि समान ढुवानी गर्न सकिने भएको छ ।’

उनका अनुसार आगमी केही वर्ष भित्र भारतको कोलकत्ता बन्दरगाह हुँदै नारायणी नदीको जलयात्रा सुरुहुने छ । रेल मार्ग निर्माणको थालनी पनि अब छिटै हुनेछ । सडकको स्तर बृद्धिदेखि हरेक विकास निर्माणको गतिलाई सरकारले तिब्र पार्दै छ ।

उनले निर्मला पन्त हत्या काण्डका अपराधी सरकारले ढिलै भएपनि पानी मुनी नै लुकेको भए पनि नछाड्ने बताउँदै यस्तो मानविय संवेदना माथी कसैले राजनीति नगर्न सुझाव दिए ।

उनले भने, ‘यो सरकारले अपराधीलाई छाड्दैन र भ्रष्टहरुप्रति झन निर्मम ढंगले लागेको छ ।’ उनले आक्रोषित मुद्रमा चेतवानी दिदै भने–‘करोडौंको विकास निर्माणको जिम्मा लिने, समयमा काम नगर्ने, आफु चिल्लो कारमा सवार गर्ने यता जनतालाई दुख दिने त्यस्तालाई पनि यो सरकारले कारवाही गरेरै छाड्ने छ । हरेक क्षेत्रमा भ्रष्टचार छ । त्यस्ता भ्रष्ट कुन पार्टीका सदस्य हो भनिने छैन निर्मम ढंगले प्रस्तुत भइने छ ।’

उनले रिडी रुद्रवेणी वामी टक्सार सडक खण्ड बढी दुई वर्ष भित्रमा पिच भई सक्ने, रेसुङ्गा विमान स्थलको नियमित उडान यसै हिउँद भित्रमा सुरु भई सक्ने बताए । कार्यक्रममा मुसिकोट पुख्र्यौली घर भई नवलपरासीको प्रतिनिधि सभा सांसद तिलक महत, प्रदेश ५ का विशेष अधिकार समिति सभापति सांसद कमलराज श्रेष्ठ, प्रदेश सांसदद्धय खड्ग केसी र दिनेश पन्थी लगायतले पनि मन्तब्य राखेका थिए ।

Share.

Leave A Reply