play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेकपाको सचिवालय बैठक आजपनि बस्दै

0

कार्तिक ५, पार्टीका तल्ला कमिटिमा एकीकरण र सरकारको कामकारवाहीबारे समिक्षा गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ । एकीकरण सम्बन्धि मापदण्डका कारण तल्ला कमिटिमा समायोजन प्रक्रीया अन्यौलमा परेपछि समस्या समाधान गर्न बैठक बस्न लागेको हो । पार्टी एकीकरण भएको ५ महिनासम्म पार्टीका तल्ला कमिटि तथा भ्रातृ र जनवर्गिय संगठनको एकता प्रक्रियाले मुर्तरुप पाउन सकेको छैन । बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्दैछ । पार्टीका तल्ला कमिटिहरुको एकता प्रक्रियामा देखिएको समस्यालाई समाधान गर्न आजको बैठक केन्द्रित हुने सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो । खनालका अनुसार आजको बैठकका सरकारको नियमित काम कारवाही बारेपनि छलफल हुनेछ । २ तिहाईको सरकार हुदाँ समेत जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै पार्टीमा माधव नेपाल समूहले तिव्र आलोचना गरिरहेको छ । यसअघि हिजो बसेको बैठकमा पार्टीका सवै संगठनमा एकता प्रक्रियालाई चाँडो टुंगोमा पुर्याउने तथा पार्टी र सरकार संचालन सम्वन्धमा शीर्ष तहमा देखिएको आशंका हटाउने विषयमा छलफल भएको थियो । यस्तै सरकारको काम कारबाहीलाई परिणाममुखी बनाउने विषयमा पनि छलफल भएको नेता खनालले बताउनुभयो ।

Share.

Leave A Reply