play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

चितवनमा बस दुर्घटना, मृतक तीनै जनाको सनाखत

0

चितवन, कात्तिक २ ।
चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् । मृतक तीनै जनाको सनाखत भएको छ । बसका चालक झापा जिल्ला मेची नगरपालिका वडा न. ८ बस्ने ३५ वर्षका उदयमान राजवंशी र सोही स्थानका बसका सहचालक वर्ष २५ का हेमवहादुर राजवंशी र स्याङजा पुललिबजार नगरपालिका ९ का ७५ वर्षका तुलवहादुर थापाको मृत्युभएको चितवन प्रहरीले जानकारी दिएको छ । काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस आज बिहान साँढे २ बजे इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते २२ जनाको पुरानो मेडिकल कलेज र १ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply