play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मोटरसाइकल पुलमा ठोक्किँदा एक युवकको ज्यान गयो

0

 

महोत्तरीमा मोटरसाइकल पुलमा ठोक्किँदा एक युवकको ज्यान गएको छ ।

ज्यान जानेमा महोत्तरीको रामगोपालपुर नगरपालिका(९, का १८ वर्षीय गोविन्द साह रहेको प्रहरीले जनाएको छ ।

साह विहीबार दिउँसो विनाहेल्मेट ज ५ प २४१८ नम्बरको मोटरसाइकल अत्यधिक गतिमा चलाउँदा रामगोपालपुर ५ मा रहेको जंघा पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेर घाइते भएका साहलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामगोपालपुरका सई अशोक झाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply