play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

वर्षको एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भिड

0

कार्तिक,१ ।
वर्षको एक दिन वडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्र्थीको घुइँचो लागेको छ । नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आएका छन् । मल्ल राजाहरुको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएका हुन् । सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ । सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किंवदन्ती रहेको छ । वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, वनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।

Share.

Leave A Reply