पूर्वमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् ।
मंगलबार आफ्नै निवासमा दशैं तिहारको अवसरमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टले तेघरी राजधानीको लागि सुदूरपश्चिम प्रदेशको मिड पोइन्ट रहेको बताए ।उनले धनगढीलाई ब्यबसायिक केन्द्रा , अत्तरियालाई प्रशासन केन्द्रा र दिपायललाई शैक्षिक सांस्कृतिक केन्ऽ बनाउन गुरुयोजना बनाउनु पर्ने भन्दै राजधानीका लागि सिफारिस गरिएको ठाउँका कु(काठहरु मात्रै रहेका कारण राजधानीका विषयमा टिकाटिप्पणी नगर्न आग्रह गरे । ‘मिडियामा जसरी जंगल मासेर राजधानी बनाइँदैछ भन्ने कुरो आयो त्यो सरासर गलत हो,’ उनले भने ।फरक प्रशंगमा नेता भट्टले तत्काल प्रदेश सरकारको मन्त्रिमण्डल हेरफेरको सम्भाबना नरहेको बताए ।शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।