play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

बैतडीमा आज विहानै बस पल्टिदा पाँचजना घाइते

0

असोज ३०, बैतडीको डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा बस पल्टिँदा ५ जना घाइते भएका छन् ।अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदूत यातायातको ना ५ ख ८११७ नं को बस आज विहान ५ बजे बांगाबगरमा सडकमा पल्टेको हो । बस पल्टिँदा बैतडीको सिगास गाउँपालिका ९ का ३ बर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ बर्षिय गिता ठगुन्ना, १४ बर्षिय सुनिता ठगुन्ना, ६ बर्षिय युवराज जोशी र २७ बर्षिय धर्मानन्द जोशी घाइते भएका हुन् । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply