play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

कठारका मुसहरलाई खाद्यान्न वितरण

0

अशोज २९ । आर्थिक अभावका कारण कष्टकर जीवन विताउन बाध्य खैरहनी १० कठारका मुुसहर समुदायलाई सोमबार खाद्यान्न वितरण गरिएको छ । दसैंको मुखमा खानेकुरा पाएपछि यहाँका मुसहर समुदायमा खुसी छाएको छ । नुवाकोट खहरे बजार निवासी ढकनाथ पाण्डे र राधादेवी पाण्डेले ३५ हजार बरावरको खाद्यान्न सहयोग गरेका हुन । खैरहनीका समाजसेवी मुरलीप्रसाद गजुरेलको संयोजनमा बस्तीमा रहेका १९ घरधुरीलाई दसैंका लागि चामल,आलु,चिउरा,तेल वितरण गरिएको हो । वडाध्यक्ष कारिराम महतो प्रमुख अतिथि रहेको सो खाद्यान्न वितरण कार्यक्रममा कार्यपालिका सदस्य मैया विक,व्यवसायीहरु उत्तम अधिकारी,अनिल कुँवर लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply