play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सिनर्जी एफएमद्धारा युनियनका नवनिर्वा्चित पदाधिकारीहरू सम्मानित

0

असोज २९, भरतपुर ।
सिनर्जी एफएमले आज नेपाल प्रेस युनियन चितवनका नवनिर्वा्चित पदाधिकारीहरूलाई स्वागत एवम् सम्मान गरेको छ । एफएमका प्रबन्ध निर्देशक सहनलाल प्रधानले युनियनका पदाधिकारीहरूलाई सम्मान गर्नुभएको हो । युनियनका अध्यक्ष अनिल ढकालले आफू सिनर्जी एफएम बाटै पत्रकारितामा प्रवेश गरेको स्मरण गर्दै प्रधानप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले युनियन पत्रकार र मिडिया सञ्चालक दुवैको भएको भन्दै पत्रकारको हकहितमा काम गर्ने बताउनुभयो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष पनि रहनुभएका प्रधानले नवनिर्वा्चित पदाधिकारीहरूलाई बधाई र शुभकामना दिँदै उद्योग वाणिज्य संघकातर्फबाट निकट भविष्यमा पत्रकारहरूको विकासका लागि विभिन्न तालिम अघि ल्याउने बताउनुभयो ।

Share.

Leave A Reply