गुल्मी बिहान भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् ।
बाग्लुङको हटियाबाट गुल्मीको चन्द्रपुरका लागि छुटेको जीप बिहान साढे सातबजेतिर पल्टिएको प्रहरीले जनाएको छ । घटनामा जीपका साहु ३५ वर्षका लालबहादुर गुरुङ र ५२ वर्षका भरत गुरुङको ज्यान गएको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका २ को गरगरे भीरबाट जीप पल्टिएको हो । जीप टुक्रा–टुक्रा भएकाले नम्बर थाहा हुन सकेको छैन । घटनास्थलमा प्रहरीको टोली पुग्दैछ ।