play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

दशैंलगत्तै मलेसियाको ‘निःशुल्क’ रोजगारी खुल्ने,एमओयूमा हस्ताक्षर गर्न मन्त्री नेपाल आउने

0

२८ असोज, नेपाली कामदार निःशुल्क लैजानेबारे नेपाल र मलेसियाबीच कात्तिक १२ गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रसँगै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ ।समझदारीका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन ११ गते काठमाडौं आउने तय भएको छ ।बिचौलिया संयन्त्रका कारण भिसा प्रक्रियामै कामदार ठगिएपछि श्रम मन्त्री गोकर्ण बिष्टले केही महिनादेखि नेपाली कामदार मलेसिया जान लगाएका छन् ।कामदार नै रोकिएपछि मलेसिया भिसाा प्रक्रिया निःशुल्क बनाउन सहमत भएको छ । आइतबार एनआरएएनएका पदाधिकारीहरुस“ग भएको छलफलमा मन्त्रालयका सचिव महेश दाहालले कात्तिक १२ गते एमओयू हुने जानकारी दिए ।
एमओयूको मस्यौदामा दुई देशबीच सहमति भइसकेको छ, जसअनुसार नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति छ ।एक अधिकारीका अनुसार यो समझदारी लागू भएपछि नेपाली कामदारको करिब एक लाख रुपैया“ बच्ने छ । अहिले स्वास्थ्य परीक्षणदेखि लेबीसम्म र टिकटदेखि सेवाशुल्कसम्मका सबै प्रक्रिया सकि“दा र मलेसिया पुग्दासम्म एकजना नेपाली कामदारको सरदर एक लाख रुपैयाँ खर्च हुने गरेको थियो ।एमओयूमा हस्ताक्षरपछि मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नु पर्दैन । तर, मेडिकल र इमिग्रेसन सेक्युरिटी क्लियरेन्समा फेल भएका कामदार मलेसिया जान पाउ“दैनन् । साथै प्रक्रियामा लागेको रकम पनि आफैंले व्यहोर्नुपर्छ ।सबै प्रक्रिया पास गरेको कामदारको शुल्क मात्र मलेसियाको रोजगारदाता कम्पनीले तिर्ने हो ।

Share.

Leave A Reply