अशोज २८। रत्ननगर अस्पताल र शान्तिमेड नेपालले चितवनका अपाङगता भएका व्यक्तिहरुलाई आइतवार ह्वीलचियर वितरण गरेका छन । अस्पतालमा आयोजित कार्यक्रममा चितवनका ८ जना अपाङगता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको हो । अस्पतालबाट रत्ननगरका रुद्र पन्त,नेरेन्द्र गिरी,सुन्तली सेन्तान,वीरबहादुर शाही,अमृत खरेल र भरतपुरका राजन श्रेष्ठ,राप्तीका उमेश देवकोटा,सुर्य सापकोटाले ह्वीलचियर पाएका छन । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र कुमार श्रेष्ठ र शान्ति मेड नेपालकी अध्यक्ष डा.रुथ गोन्सेथले अपाङगता भएकाहरुलाई ह्वीलचियर हस्तान्तरण गरेका थिए । कार्यक्रममा अस्पतालका डाक्टर प्रसान्त पौडेल,स्वीजरल्याण्ड निवासी जेना,अपाङग समन्वय समिति रत्ननगरका कोषाध्यक्ष निश्वार्थ श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
चितवनमा अपाङगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण
चितवनमा अपाङगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु