play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कालिका नगरपालिकाद्वारा व्यवसायिक किसानहरु सम्मानित

0

असोज २८, कालिका नगरपालिकाले व्यवसायिक रुपमा पशुपालन गरेका १२ जना किसानहरुलाई सम्मान गरेको छ । नगर भित्र व्यवसायिक रुपमा पशुपालन गर्दै आएका युवा किसानहरुलाई आईतवार एक कार्यक्रमकाबीच नगदसहित सम्मान गरिएको हो । वार्षिक १० हजार लिटर भन्दा वढि दुध उत्पादन गरि विक्री गर्दै आएका किसानहरुलाई प्रति व्यक्ती २५ हजारका दरले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कालिका ६ का रमेश खनाल,ताराप्रसाद पौडेल,तेज अमगांई,चिन्तामणी पौडेल,रामप्रसाद पनेरु,सोमवहादुर लामा,कृष्ण सापकोटा , र कोपिला दाहाल रहेका छन् । त्यस्तै कालिका १ का लक्ष्मी आचार्य,कालिका २ का गणेशप्रसाद ढुगाना,कमला कडेंल र टिकाराम महतोलाई सम्मान गरिएको हो । उनीहरुलाई कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ,उपप्रमुख कमला भट्टराईले सम्मान गरेका थिए । सम्मानित हुने किसानहरु मध्ये रमेश खनालले सवैभन्दा वढि १४ हजार ९८१ लिटर दुध उत्पादन गरि विक्री गरेका थिए । व्यवसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको नगर प्रमुख श्रेष्ठले वताए । नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरी,कालिका ६ का वडाध्यक्ष विनोद रेग्मी,३ का वडाध्यक्ष सोमवहादुर लामा,किसान रमेश खनाल ,पशु शाखा प्रमुख पुष्पराज मरहठ्ठा,पशु प्राविधिक इश्वरी पौडेल लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply