play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

लागूऔषध कारोबारमा संलग्न चारजना पक्राउ

0

२८ असोज, बुटवल ।
प्रहरीले दुई स्थानबाट गरी ८ ग्राम ७ सय ७० मिलिग्राम ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले देवदहको भलुहीबाट सानु श्रेष्ठको साथबाट ५ ग्राम र विजय तामाङबाट एक ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यी दुईजनाले दिएको सूचनाको आधारमा देवदह ९ का २४ वर्षीय दिलिप पूर्जा पनि पक्राउ परेका हुन् ।यस्तै नवलपरासी डेढगाउँ घर भइ बुटवल ११ ढबाहामा बस्ने ३२ वर्षीय प्रदीप भट्टराईबाट २ ग्राम ३ सय ३० ग्राम मिलिग्राम ब्राउन सुगर,एक लाख ४८ हजार रुपैयाँ र २३ हजार ८ सय २० भारु तथा १६ थान मोबाइल सेट बरामद भएको छ ।भट्टराईले नगद नभएका व्यक्तिसँग मोबाइल धरौटी राखेर पनि लागूऔषध बेच्दै आएको अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए ।लागूऔषध कारोबारीहरुले एम्बुलेन्स र इन्धन बोक्ने ट्यांकरहरुसमेत प्रयोग गरेर आयात गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।प्रहरीले खासै चेकजांच नगर्ने भएकाले लागूऔषध तस्करहरुले सुरक्षित मानेर एम्बुलेन्स र ट्यांकरलाई लागूऔषध ओसारपसारका लागि प्रयोग गर्ने गरेका छन् ।प्रहरीले रुपन्देहीलाई लागूऔषध कारोबारको टान्जिट प्वाइन्ट मान्दै यसको नियन्त्रणलाई प्राथमिकतामा राखेको छ ।

Share.

Leave A Reply