play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

बोक्सी आरोपमा महिलामाथि कुटपिट

0

तिलाठी कोइलाडी गाउँपालिका वडा न। ८ तोपाकी एक महिलामाथि स्थानीयहरुले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका छन् ।

स्थानीय नारायण खंगका ८ वर्षीय छोरा महेशकुमार खंगको केही महिनाअघि मृत्यु भएको र बोक्सीले खाएको भन्दै रिसका कारण तोपाकी ४५ वर्षीया रामबत्तिदेवी खङ्गलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका हुन् ।नारायण खङ्ग र उनकी श्रीमती किसनीदेवी खङ्ग, छोरा, छोरी र बुहारीसमेत मिलेर हात खुटा बाँधी निर्घात कुटपिट गरेको पीडित महिलाले बताउनुभयो । उहाँको श्रीमान दुई वर्षदेखि वैदेशिक रोजगारीमा मलेसियामा हुनुहुन्छ ।पीडित महिलाले यसअघि पनि उनीहरुले पटक–पटक आफूमाथि बोक्सीको आरोपमा कुटपिट गर्दै आएको बताउनुभयो । कुटपिटबाट घाइते खङ्गको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भैरहेको घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

Share.

Leave A Reply