play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

टी–ट्वाण्टी विश्वकप छनोटका नेपाली टोली स्वदेश फर्कियो

0

आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ ।शनिबार मध्याह्न त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाली टोलीको स्वागतका लागि कुनै पनि खेल पदाधिकारी एयरपोर्ट पुगेका थिएनन् । क्रिकेट समर्थकको उपस्थिति पनि शून्य जस्तै थियो ।विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले कमजोर टोली सम्मिलित प्रतियोगिता भए पनि आफूहरुले जोखिम लिन नचाहेकाले सिनियर ए टोली गएको बताउनुभयो।कप्तान खड्काले प्रतियोगितामा नयाँ र जुनियर खेलाडीहरुका लागि परीक्षण भएको धारणा राख । साथै अवको प्रतियोगितामा बलिया टोलीबिरुद्ध खेल्नुपर्ने र त्यसका लागि अहिलेदेखि नै राम्रो तयारी गर्नुपर्ने बताउनुभयो ।कप्तान खड्काले तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका प्रदीप ऐरीको प्रदर्शनबाट सन्तुष्ट रहेको तथा ललित राजवंशीले पनि आफूलाई प्रमाणित गरेको बताए । मलेसियामा भएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको हो । नेपालले म्यानमार, थाइल्याण्ड, मलेसिया, चीन र भुटानलाई हराएको थियो भने सिंगापुरबिरुद्धको खेल वर्षाका कारण रद्ध भएको थियो ।एशिया उपक्षेत्रीय छनोट बी बाट नेपालसहित मलेसिया र सिंगापुर अर्को चरणमा पुगेका छन् । उपक्षेत्रीय छनोट ए बाट युएई, कतार र कुवेत अर्को चरणमा पुगेका छन् । अब यी ६ टोलीबीच एसिया छनोट हुनेछ ।

Share.

Leave A Reply