play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

सौराहा बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न

0

अशोज २६ । सौराहा बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष गणेश खतिवडालाई भावि कार्ययोजना,सचिव योगेन्द्रनाथ अधिकारीले प्रगति प्रतिवेदन तथा लेखा समिति सदस्य चन्द्रकला पौडेलले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम १५ जना उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य र ५ जना वाल बचतकर्तालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा उपमेयर दुवाडीले नगरको आर्थिक विकासको लागि नगरपालिका सहकारीसंग सहकार्य गर्न तयार रहेको बताइन । कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक भट्टराई,पञ्चतारा महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष सुजता पाण्डे,नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका सचिव पवित्रा देवी घिमिरे,मृगकुञ्ज मध्यवर्ती सहकारीकी सचिव विन्दा कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply