अशोज २६ । रत्ननगर नगरपालिका वडा नं १६ वडा कार्यालयले शुक्रवार देखि अनलाइन मार्फत व्यक्तिगत घटनादर्ता सुरु गरेको छ । पिठुवामा रहेको वडा कार्यालयमा आयोजित कार्यक्रममा उपमेयर विमला दुवाडी र वडाध्यक्ष हेमराज थापाले सयुक्त रुपमा अनलाइन मार्फत व्यक्तिगत घटनादर्ताको उद्घाटन गरेका थिए । सो अबसरमा उपमेयर दुवाडीले नगरवासीलाई सेवा सहज बनाउन नगरपालिकालाई प्रविधिमैत्री बनाउदै लगिएको बताइन । व्यक्तिगत घटनादर्ता अन्तर्गत जन्मदर्ता,विवहादर्ता,मृत्यूदर्ता,सम्बन्ध विच्छेद,बसाइसराइको प्रमाणित गर्ने काम हुने वडा सचिव शंकरबहादुर गिरीले जानकारी दिए । कार्यक्रममा कार्यपालिका सदस्य निर्मला खड्का लगायत टोल विकास संस्थाका अध्यक्ष,आमा समुहका अध्यक्ष,सामाजिक क्षेत्रका क्रियाशित व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विजया दशमीको शुभकामना साटासाट समेत गरिएको थियो ।
रत्ननगरमा अनलाइन मार्फत घटनादर्ता सुरु
रत्ननगरमा अनलाइन मार्फत घटनादर्ता सुरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु