play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

रत्ननगर खानेपानीको पदहस्तान्तरण

0

अशोज २६ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा निर्वाचि भिष्मराज पौडेलको नयाँ निर्वाचित कार्यसमितिलाई शुक्रवार पदहस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत वाबुलाल रेग्मीले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथप्रहण तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा निर्वतमान अध्यक्ष ऋषिराम वाग्लेले नवनिर्वाचित अध्यक्ष भीष्मराज पौडेललाई निर्णयपुस्तिका सहित हस्तान्तरण गरेका थिए । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा सल्लाहाकारहरु प्रेमनाथ दुवाडी,डम्मर पुरी,निर्वमान उपाध्यक्ष श्याम बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पौडेलले खानेपानीको संस्थागत विकाससंगै उपभोक्तालाई स्वच्छ र सफा पानी वितरणमा एकचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । संस्थाका पाँच अधिवेशन अन्तर्गत भएको निर्वाचिनबाट अध्यक्षमा पौडेल सहित उपाध्यक्षमा रामहरि अधिकारी,सचिवनमा कृष्णप्रसाद नेपाल,कोषाध्यक्षमा विष्णु पौडेल र खुल्ला सदस्यमा ओमलाल सापकोटा,भरतबाबु भट्टराई,निर्मला दंगाल तथा लेखा समिति संयोजकमा ओलराज भट्ट,सदस्यमा केशव प्रसाद बगाले र जीवनलाल नगरकोटी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बाबुलाल रेग्मीले जानकारी दिए ।

Share.

Leave A Reply