अशोज २६ । राप्ती नगरपालिका वडा नं ९ मा रहेको अमृतधारापानी सामुदायिक वनले भूकम्प पीडितलाई राहत,ज्येष्ठ उपभोक्ता,द्धन्द्ध पीडित र अशक्त उपभोक्ता सदस्यलाई भत्ता वितरण गरेको छ । शुक्रवार वनको कार्यालयमा आयोजित कार्यक्रममा भूकम्प पीडितलाई प्रतिघर १० हजार राहत र ज्येष्ठ उपभोक्तालाई एक हजार २०० रुपैया भत्ता वितरण गरेको हो । कार्यक्रममा द्वन्द्व पीडितलाई एक हजार २०० रुपैया र अशक्त उपभोक्ता सदस्यलाई पनि एक हजार २०० रुपैयाका दरले भत्ता वितरण गरिएको हो । भूकम्पले घर भत्काएर नयाँ घर निर्माण सम्पन्न गरेका पाँच जना,ज्येष्ठ उभोक्ता सदस्य २०० जना, २÷२ जना द्वन्द्व पीडित र अशक्त उपभोक्ता सदस्यलाई भत्ता वितरण गरिएको हो । वनले ७५ बर्ष पुरा भएका पुरुष र ७० बर्ष पुरा भएका महिला ज्येष्ठ उपभोक्ता सदस्यलाई भत्ता दिएको हो । कार्यक्रमकी प्रमुख अतिथि राप्ती नगरपालिकाकी मेयर प्रभा वराल र संस्थाका अध्यक्ष प्रेम बहादुर रिमालले राहत र भत्ता रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेयर बरालले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन सरकारले सुरु गरेको कामलाई सामुदायिक वनले पनि अनुसरण गरेको भन्दै प्रशंसा गरिन । कार्यक्रममा राप्ती नगरपालिका कार्यपालिका सदस्य आइतीदेवी दराई,कार्यबहाक वडा अध्यक्ष रामकुमार सुवेदी र वनका सल्लाहाकार शेरबहादुर सापकोटा लगायतले मन्तव्य राखेका थिए । सो सामुदायिक वनले २०६६ सालदेखि ज्येष्ठ उपभोक्ता सदस्यलाई भत्ता वितरण गर्दै आएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.