play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

धरहरा बनाउन प्राधिकरणद्धारा नेपाली सेनाको सहयोगको माग

0

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउनका लागि नेपाली सेनाको सहयोग मागेको छ । निर्माण कम्पनी रमन जेभीसँग सम्झौता भएपछि निर्माण सामग्री राख्ने र कामदार बस्ने ठाउँका लागि प्राधिकरणले टुँडिखेलको दक्षिणपट्टीको भाग मागेको हो ।सेनाले भने त्रिपुरेश्वरस्थित रङ्गशालातर्फको खाली ठाउँ दिन प्रस्ताव गरेको थियो । निर्माण कम्पनीले अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको खुला ठाउँमा निर्माण सामग्री राख्न सुरु गरेको छ । हाल रहेको गोश्वारा हुलाक कार्यालय भत्काउने चरणमा रहेको छ । टँुडिखेलको दक्षिणतर्फ सहिदगेट तर्फको भागमा निर्माण सामग्री राख्ने, निर्माण कम्पनीले मजदुर राख्न अस्थायी प्रिफ्याब भवन बनाउने योजना छ ।धरहराको क्षेत्र बढाउनका लागि गोश्वारा हुलाक कार्यालय, टक्सार भवन पनि भत्काइँदै छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा सार्नका लागि सरकारले १५ रोपनी जग्गा दिएको छ । धरहरामा लिफ्ट चढेर जाने व्यवस्था गरिने छ भने १०औँ तलामा धराहरा तथा इतिहासबारे प्रोजेक्टरबाट जानकारी दिने थिएटर हल रहने छ । यस्तै बगैंचामा ५० फिट अग्लो हुने पानीको फोहोरा राखिने योजनासमेत छ ।

Share.

Leave A Reply