play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रात्रीबसमा बेहोस बनाई लुटपाट

0

रामेछापको मन्थलीमा एक रात्रिबसमा ३ जना यात्री बेहोस अवस्थामा फेला परेका छन् ।काँकडभित्ताबाट बुधबार बिहान मन्थली आएको ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३ जना बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।बेहोस अवस्थामा फेला पर्नेमा वैतेश्वर ५ का ६५ बर्षिय शम्भु दाहाल, ३८ बर्षिय शम्भु क्षेत्री र २२ बर्षिय मनिष थामी रहेका छन् ।बेहोस तीनै जनाको मन्थलीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटिनेहरु भारतमा मजदुरी गरी घर फर्र्केकाहरु लुटेराहरुबाट लुटिइने क्रममा बेहोस पारीएको हुनसक्ने आशंका गरिएको छ । यसबारे गाडिका चालक र सहचालक सँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply