play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

भन्सार छलेर ल्याउँदै गरेको अवैध सामग्री बरामद

0

२३ असोज, वीरगञ्ज ।
सशस्त्र प्रहरीले वीरगञ्जमा कपडा बरामद गरेको छ । रातको समयमा भन्सार छलेर ल्याउँदै गरेको चार लाख १८ हजार ३१ रूपैयाँ बराबर मूल्यको बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।वीरगञ्ज महानगरपालिका(६ छपकैया नयाँ बस्ती इलाकाबाट ४ लाख १८ हजार ३१० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको हो ।सशस्त्र प्रहरीको वीरगञ्ज भन्सारस्थित गुल्मबाट खटिएको मोबाइल गस्ती टोलीले सुट, सर्ट पाइन्टका कपडाहरु, टप्स, मोबाईल चार्जर, जुत्ता लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर खड्काले जानकारी दिए ।नियमित चेकजाँचसँगै चाडबाडको मौका छोपेर हुन सक्ने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी विशेष योजना बनाएरै सक्रिय रहेको सशस्त्र प्रहरी निरीक्षक खड्काले बताए ।

Share.

Leave A Reply