कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्य प्रकरणमा थप दुईजना प्रहरी निलम्बनमा परेका छन् । अनुसन्धानका क्रममा घटनास्थलमा रहेको निर्मलाको सुरवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र घटनास्थल अनुसन्धान गर्ने अधिकृत प्रहरी नायव निरीक्षक (सई) हरसिंह धामीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।प्रहरी प्रवक्ता एसएसपी (प्रस्तावित डीआईजी) शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा उनीहरुलाई निलम्बन गरिएको बताए । चाँदनीले साउन ११ गते निर्मलाको शव भेटिएपछि उनले निर्मलाले लगाएको सुरवाल खोलेर पखालेकी थिइन् ।सुरवाल पखाल्दा प्रमाण नष्ट गरिएको आरोप प्रहरीमाथि लागेको छ । निर्मला हत्या प्रकरणमा यसअघि नै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, सीआईबीका डीएसपी अंगुर जिसी लगायत ६ जना प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् । चाँदनी र धामी निलम्बनमा परेसँगै निर्मला हत्याकाण्डमा निलम्बनमा पर्ने प्रहरीको संख्या ८ पुगेको छ ।
निर्मला हत्या प्रकरणः थप दुई प्रहरी निलम्बित
0
Share.