play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रामेछापमा पानी पिउँदा सर्किएर एक पुरुष कैदीको मृत्यु

0

असोज २१ । जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको मृत्यु भएको छ ।लागुऔषध मुद्दामा ६ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का ३९ वर्षीय सुशील श्रेष्ठको मृत्यु भएको हो । पानी पिउँदा सर्केर कारागारभित्र नै ढलेका कैदी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा आज मृत्यु भएको जिल्ला कारागार कार्यालय रामेछापका निमित्त प्रमुख प्रमोद अधिकारीले जानकारी दिए ।२०६९ चैत्र १२ गते कैद परेका सुशील श्रेष्ठलाई २०७३ माघ १३ गते रुपन्देही जिल्लाबाट रामेछाप कारागारमा सारिएको थियो । (रासस)

Share.

Leave A Reply