play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

यू १८ महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

0

असोज, २१ ।
भुटानमा जारी साफ यू १८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा हुने आज साँझ ७ बजेदेखि फाइनल खेल सुरु हुनेछ । समूहको उपविजेता बन्दै अर्को चरणमा पुगेको नेपाली टोलीले सेमिफाइनलमा उपाधि दावेदार भारतलाई पेनाल्टी शुटआउटमा पराजित गरेपछि फाइनलका लागि उत्साहित छ । फाइनल खेलमा बंगलादेश बलियो दावेदारको रुपमा देखिन्छ । किनभने, समूह चरणको खेलमा पनि नेपाल र बंगलादेश आमने सामने हुँदा नेपाल २–१ गोलले पराजित भएको थियो । बंगलादेश सेमिफाइनलमा घरेलु टोली भुटानलाई ४–० गोलले हराएर फाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ३–१ गोलले हराउँदै बंगलादेशसँगको उपाधिख भिडन्त पक्का गरेको हो । फाइनलअघि आजै ३ बजेदेखि तेस्रो स्थानका लागि हुने खेलमा भुटान र भारतले प्रतिस्पर्धा गर्र्नेछन् ।

Share.

Leave A Reply