उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाको वार्षिकोत्सब एवम् म्साधारण सभा सम्पन्न

0

विवेक पोख्रेल,

असोज २० ।

पश्चिम चितवनमा उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आफ्नो ३३ औं वार्षिकोत्सब एवम् २१ औं साधारण सभा सम्पन्न गरेको छ । उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड भरतपुर १३ चम्पानगरले संस्थाको आफ्नै भवनमा सम्पन्न गरेको कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघका उपाध्यक्ष रामेश्वर खनाल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा केन्द्रीय व्यवसायी पशुपालन समाजका अध्यक्ष आनन्द प्रसाद न्युरे र केन्द्रिय दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य भगीरथ तिमल्सिना विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो ।

वार्षिकोत्सब एवम् साधारण सभाको उपलक्ष्यमा संस्थाले संस्थामा सबै भन्दा बढी दुग्ध बेच्ने २० जना कृषक, गुणस्तरीय दुग्ध बेच्ने कृषक, सफा दुग्ध बेच्ने कृषक, पशु गोठको उत्कृष्ट र सफा व्यवस्था भएको कृषक, संस्थामा धेरै दुग्ध बेच्ने दलित कृषक र आदि बासी जनजाति कृषकलाई पुरस्कृत र सम्मान गरेको थियो । यस्तै संस्थाले सेयर सदस्यका घरका ८० वर्ष माथिका जेष्ठ नागरिक ५ जना , ७० वर्ष पूरा भएका ८ जना सेयर सदस्य कृषकहरु र स्थानीय हिमालय दण्डपाणि माध्यमिक विद्यालयमा गत एसईईमा उत्कृष्ट एक छात्र र एक छात्रा लाई संस्थाले सम्मान गरेको थियो ।वार्षिकोत्सब एवम् साधारण सभामा उपस्थित सम्पुर्णलाई संस्थाका उपाध्यक्ष सुर्य बहादुर न्यौपानेले स्वागत गर्नु भएको थियो भने संस्था अध्यक्ष होमनाथ सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै लेखा संयोजक कृष्ण प्रसाद घितालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिकोत्सब एवम् साधारण सभामा संस्थाले आर्थिक वर्ष २०७४|७५ मा खुद नाफा १० लाख बढी गरेको समेत जानकारी दिइएको थियो ।

२०४२ सालमा स्थापना भएको उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले ३ हजार लिटर बढी दुग्ध संकलन गर्दै आएको छ । भने संस्थामा २०८ जना सेयर सदस्य र ४५० बढी कृषक आवद्ध छन् । संस्थाले कृषक लक्ष्यित पशुबिमा कार्यक्रम , पशुपालक व्यवसायी कृषकको लागि ऋण खोजी र आन्तरिक रुपमा लगानी संगै पशु दाना चोकरको विक्री वितरण गर्दै आएको छ ।

Share.

Leave A Reply