दशै अगाडि चोक बजारमा हाट बजार संचालन हुदै

0

विवेक पोख्रेल,चितवन।
असोज २०।
भरतपुर ६ स्थित चोकबजारमा आधुनिक व्यवस्थापन सहित हाटबजार संचालनमा आउने भएको छ । दशै अगाडि देखि सस्तो हाट बजार संचालनमा ल्याउने गरि भौतिक संरचनाको काम भएको छ । ९३ वटा स्टल रहेने हाट्बजार भरतपुर महानगर वडा नम्बर ६ का सम्पुर्ण स्थानीय लाभान्वित हुनेछन् भने भरतपुरकै वडा नम्बर ५,७,८,१३ र १४ का स्थानीयहरु पनि लाभान्वित हुने सस्तो हाट बजार संचालन समितीका अध्यक्ष सागर सुवेदीले जानकारी दिनुभएको छ । उहाँका अनुसार फलफूल, तरकारी , फेन्सी , खाजा घर खेल तथा मनोरञ्जन प्रदान गर्ने स्टल सस्तो हाट बजारमा रहने छन । स्थानीय उत्पादनको विकास र प्रबर्द्धन गर्ने उदेश्यले हाटबजार व्यवस्थापन समितिले स्थानी कृषकहरु लाई विशेष छुट्ट र महत्त्वका स्टल बिक्री समेत गरेका छ्न्। ७ कठ्ठा क्षेत्रफलमा फैलिने चोकबजारको हाट बजारमा पार्किङ र शौचालयको सहित फोहोर व्यवस्थापनको उचित व्यवस्था गर्ने गरि काम भएको छ । स्थानीय युवाहरु सक्रियतामा सस्तो हाट बजार २० लाख भन्दा बढीको लगानीमा संचालन हुन लागेको हो ।

Share.

Leave A Reply