play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आगामी पाँच वर्षमा खाद्यान्न उत्पादन दोब्बरले वृद्धि गर्ने सार्क प्रतिबद्धता

0

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का आठ राष्ट्रले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादनलाई दोब्बरले वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँमा सम्पन्न सार्क राष्ट्रका कृषि वैज्ञानिक÷विज्ञहरुको सम्मेलनबाट पारित धारणालाई कार्यान्वयन गर्न सो प्रतिबद्धता व्यक्त गरिएको थियो । सो सम्मेलन यही असोजको ४ देखि ७ गतेसम्म आयोजना भएको थियो । सार्क सदस्य राष्ट्रका विभिन्न कृषि पेशा व्यवसायमा आवद्ध विज्ञहरुले प्रस्तुत गरेका विभिन्न कार्यपत्र र सार्क राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले आ–आफ्नो देशमा व्यक्त गरेका धारणामार्फत सो प्रतिबद्धता व्यक्त गरिएका हुन् । कुन राष्ट्रले कति समयमा र कसरी दोब्बरले कृषि उत्पादन वृद्धि गर्लान् त्यसको नतिजा पर्खन पाँच वर्ष कुर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत नीति तथा कार्यक्रममार्फत आगामी पाँच वर्षमा कृषि उत्पादनलाई दोब्बरले वृद्धि गर्ने सरकारको लक्ष्य छ ।

Share.

Leave A Reply