अवैध सामान सहित २ जना भारतीय नागरिक पक्राउ

0

भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको १६ लाख बढीको अवैध सामान सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

रुपन्देहीको बेलहिया नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको १६ लाख २ हजार मूल्य बराबरको स्काभेटरको पार्टस् सहित महिन्द्रा केयूभी गाडी र दुईजना भारतीयलाई सशस्त्र प्रहरी गुल्म भैरहवाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत झजर जिल्ला अग्रवाल कलोनी ७ बस्ने वर्ष ३१ का गौरव गोयल र सोही ठाउँका वर्ष २८ का अंकित गोयल रहेका सशस्त्र प्रहरी गुल्म भैरहवाका सहायक प्रहरी निरीक्षक सुरज रिजालले जानकारी दिए ।बरामद सामान र गाडी भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको रिजालले बताए ।

Share.

Leave A Reply